रासियाका प्रतिरक्षा मन्त्री सेर्गेइ सोइगु सोमबार इरानको राजधानी तेहरान पुग्न लाग्नु भएको समाचार छ । उहाँ दुई दिनको औपचारिक भ्रमणको क्रममा तेहरान आउन लाग्नु भएको प्रेस टिभीले आइतबार जानकारी दिएको छ ।
भ्रमणको क्रममा उहाँले आफ्ना समकक्षीसँग द्विपक्षीय मुद्दालगायत अन्तर्राष्ट्रिय गतिबिधि सम्बन्धि वार्ता गर्नु हुने जनाइएको छ । इरानका प्रतिरक्षा मन्त्री ब्रिगेडिएर जनरल हुसेन देहकानले तेहरान र मस्कोे प्रतिरक्षा समन्वयलाई मजबूत बनाउन आवश्यक भएको र थप सहकार्यबाट नै क्षेत्रीय र विश्व सुरक्षामा प्रमुख भूमिका खेल्ने बताउनुभएको छ ।
रसियाका प्रातिरक्षमन्त्री तेहरानमा






