देश रोइरहेको बेला म कसरी नाच्न र फिल्म व्यवसाय गर्न सक्छु?(‘नायिका थापा )

rekha1

रेखा थापा फाउन्डेशनको पनि पीडितहरुको लागि धेरै योजनाहरु बाहिर आएका छन । केही मानिसले त्यो मात्र योजना हो पनि भन्छन ? कहिलेबाट तपाईका योजनाहरु सुरु हुन्छन ?
यो अकल्पनीय प्रकोपबाट धेरै नेपालीको ज्यानगएको छ । धेरै धरोहरहरु ढलेका छन् धनको पनिक्षतिभएको छ । यसबाट नेपालीफिल्म क्षेत्रसँग आवद्ध व्यक्तिहरु पनि अछुतो छैनन् । केहीफिल्मकर्मीले ज्यानगुमाएका छन्, कोही घाईते भएका छन् भने धेरैको बस्ने बास ढलेको छ । यसले सम्पूर्ण नेपालीफिल्म क्षेत्रलाई दुःखितबनाएको छ । तर, हामी सबै मिलेर शोकलाई शक्तिमा बदल्न आवश्यक छ । यसको लागि सबैभन्दापहिला सम्पूर्ण फिल्मकर्मीले आआफ्नो कार्यलाई विस्तारै सुचारु गर्नुपर्छ । म पनि मैंले निर्माण गर्ने भनी घोषणा गरेको फिल्म ‘रामप्यारी’ लाई रोक्दिनं, तोकिएको मितिभन्दा केहीदिन ढिला होला तर म आफ्नो फिल्मको काम सुरु गर्छु । यो कार्य मेरा लागिभन्दापनि मेरो फिल्ममा आवद्ध हुने प्राविधिक सदस्य जो यही क्षेत्रलाई कर्मथलो मान्छन्, उनीहरुका लागिआवश्यक छ । यहाँ कलाकार मात्रै बाँचेर हुँदैन, कलाकारसँगै प्राविधिक पनि बाँच्न आवश्यक छ ।देश शोकमा छ, हाम्रो क्षेत्र मनोरञ्जनको छ । शोकमा हामी सुस्ताएर बस्नु कत्तिको उचितहोला ? मलाई लाग्छ बिशंम परिस्थतिलाई जितेर अगाडी बढ्नु नै हाम्रो बुद्धिमानी हुनेछ । धेरै चलचित्रकर्मीको दिमागलाईयो डरलाग्दो प्राकृतिकप्रकोपले बिचलतिबनाएको हुन सक्छ । तर, पिडालाई भुलेर त्रासलाई लुकाएर सामान्य जीवनमा फर्कनुको कुनै विकल्प छैन । बाँच्ने रहर सबैलाई हुन्छ । त्यसैले बाँच्नका लागि कर्म गर्न आवश्यक छ । झन यो विपदीमा आफ्नो कामलथालिङ्ग पार्नु राम्रो होइन् । यो प्राकृतिकप्रकोप हो यसलाई कसैले रोकेर रोकिन्न र प्राकृतिकप्रकोप कुनै संकेत दिएर आउँदैन पनि । भूकम्पियदृष्टिबाट नेपालखतराजन्य छ । प्राकृतिकप्रकोपलाई रोक्न त सकिदैन तर यसबाट हुने क्षतिलाई कम गर्न भने सक्छौं । तर त्यसको लागि हामी पुर्व योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक छ ।

रेखा थापा फाउन्डेशन सदैव तन, मन बचनले  विनास्वार्थ राष्ट्र सेवा र हितको लागि तल्लिन संस्था हो । कसले के भन्यो र के गर्यो भन्ने कहिल्यै हेर्दैन र सुन्दैन पनि । मैले पहिले ने भने उचित समयमा आफ्नो कार्यतालिका अनुरुप फाउन्डेशनले काम गर्दै जाने छ । कसैलाई देखाउन, नाम कमाउन र चर्चा पाउनको लागि पत्रिकाका पन्नाहरु र फेशबुकका वालमा मात्र घोषणा गरिएको योजना होइन । अनि चामल, चाउचाउ अनि नुन पसलबाट किनेर तुरुन्तै वितरण गर्ने फाउन्डेशनको योजना भएको भए सायद तपाईले सोध्नुभएको प्रश्न झै सजिलै जवाफ दिने थिए । तर फाउन्डेशनको कार्ययोजना अलि फरक र सहज नभएको हुँदा अलि समय लिनेछ । अर्को कुरा, पीडित जनताहरुको लागि जिल्ला जिल्लामा निरन्तर सुरु गरिने योजनामा फाउन्डेशन छ । एक दिनको लागि मात्र गरिने सहयोग त मैले गर्न सकेजति गरिसकेँ । अनि सहयोग निरन्तर गर्न मन मात्र भएर त भएन नि ।  मुखले यो गर्छु र त्यो गर्छु भनेर मात्र पनि भएन ।  हो म अहिले फाउन्डेशनलाई पूर्ण रुपमा स्रोत, साधन र शक्तिको संचय गर्दै सक्षम बनाउँदै छु । कसले के, कति कहाँ, के गर्यो अहिले होइन, अर्को वर्ष छर्लंग देखिन्छ ।

रामप्यारीको कहिले  सुटिंग सुरु गर्ने सोच बनाउनुभको छ ?
अहिले देश रोएको छ । मेरा सुभचिन्तक, दाजुभाईदिदीबहिनी, परिवार र राष्टको घरोहर गुमाएको समय हो । हामी नेपाली राष्टिय विपत्तिमा छौँ । विगत एक महिनादेखि महाविपत्तिको सामना गरिरहेका छौँ । अब भन्नुहोस, मेरो परिवार, शुभचिन्तकहरु गुमाएको अवस्थामा म फिल्मको बिजनेश कसरी गर्न सक्छु ? मेरो देशले वर्षदिनसम्म बरखी बारेको अवस्था छ ।  अब मलाई भन्नुहोस, म रामप्यारीको गीतमा छमछम नाँच्दै गाउँदै, रमाइलो गर्दै कसरी त्यो नेपाली दुःखी मनहरुको लागि २ सय रुपैयाँको टिकट बेच्दै व्यापार गर्न सक्छु होला ? रेथा थापा मात्र कलाकार अनि फिल्म बिजनेश गर्ने मान्छे मात्र होइन, राष्टप्रति जिम्मेवार छोरी पनि हो । त्यसैले अहिलेको नेपालको परिस्थिति हेर्दा म मेरो समय यो वर्ष राष्ट्रको योगदानमा समर्पण गर्ने छु  ।

के योगदान पुर्याउनुभयो त अहिले पीडित कलाकर्मीको लागि ?
म आफैँले पनि घर गुमाएको छु ।  कति चोट र पिडा दियो यस पालि को बिधोंशकारी भुकम्प ले कुनै लेखा जोखा नै छैन।
आर्येघाट मा पैसा को अभाव ले लास जलाउन नपाएकाहरु लाई , आज को दिन सम्म कसै को सहयोग बिना नै नितान्त मैले सहयोग गर्दै आएको थिए र धेरै सहयोगी मन हरु ले सहयोग गर्न पनि खोज्नु भएको थियो तर अब बाट आर्यघाट मा पैसा को आभाब मा लाश जलाउन नसक्ने हरु को लागि सधै भरि निरन्तर सहयोग रेखा थापा फाउन्डेसन मार्फत गर्ने जानकारी गराऊदछु।
अब मलाई लाग्छ , सानो तिनो राहत मात्र होइन हामि देश विदेश मा बसोबाश गर्ने नेपाली मन हरु ले तुरुन्त नै पुनर्निर्माण तिर ध्यान दिन जरुरि छ।
केहि महिना भित्रै नै नया निर्माण का प्लान सहित रेखा थापा फाउन्डेसन ले अब को दिनहरु मा सक्रिय रुप मा पुनर्निर्माण मा लाग्ने तयारि गर्दै छ। तपाईहरु को सानो माया , समर्थन सदभाब र मार्गदर्शन रेखा थापा फाउन्डेसन सदैब चाहन्छ।