काठमाडौं, माघ ३– युवा संघ नेपालले तोकिएकै समयमा संविधान जारी गर्न दवाव दिदैं अर्धनग्न जुलुश निकालेको छ ।
‘खवरदार ६०१’ लेखिएको स्टिकर छातिमा टाँसेका युवाहरुको जुलुशले ‘संविधान निर्माणका लागि युवा दवाव’ लेखिएको व्यानर बोकेको थियो ।
बुद्धनगरमा सुरु भएर नयाँ बानेश्वरसम्म पुगेको अर्धनग्न जुलुशले ‘जातिय राज्य चाँहिदैन, देश टुक्र्याउन पाइँदैन’ भन्ने नारा लगाएको रातोपाटी संवाददाताले बताए ।
युवा संघ नेपाल नेकपा एमालेको भातृ संगठन हो । यसका अध्यक्ष महेश बस्नेत हाल उद्योगमन्त्री छन् । पहिला यो संगठनको नाम युथफोर्स थियो ।







