एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी ल्याउने सहमतीपत्रमा हस्ताक्षर

लन्डन – गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल ल्याउने विषयमा हस्ताक्षर भएको छ । लगानी सम्मेलनको दोस्रो दिन आज सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो । सो लगानीको विषयमा यसअघि नै यूकेको एक कार्यक्रमकाबीचए एनआरएन अध्यक्ष भट्टले सो प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *