एनआरएन उपाध्यक्षमा युवा व्यावसायी कुमार पन्तको उम्मेदवारी

जर्मनी , २२ सेप्टेम्बर –

12042249_10152973249075989_1715843075_n[1]

युरोपका चर्चित युवा व्यावसायीको रुपमा डायस्पोरामा परिचित तथा समाजसेवी कुमार पन्तले आगामी अक्टोबरमा सम्पन्न हुने गैर आवासीय नेपाली संघको सातौंअन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् ।। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनले उपाध्यक्षको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

पन्त संघका वर्तमान महासचिव हुन । लामो समय संघको अभियानमा आवद्ध पन्त स्थानीय संयोजक , अन्तराष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव जस्तो महत्वपूर्ण पदमापुगेका हुन । उम्मेद्वारी घोषणा पछी पन्तले गैरआवाशिय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशका प्रती आफ्नो जिम्मेवारी बढेको बताए । निरन्तरको दवाव र छलफलका कारणनेपालको संबिधान २०७२ मा एनआरएनहरुका लागि गैरआवाशिय नगरिकता समावेश हुनु आँफैमा गर्वको कुरा हो- उनले भने – हामीलाई विश्वाश गर्ने नेपाली जनता, राजनीतिक दल र योअभियानमा साथ दिने सम्पूर्ण गैरआवशिय नेपाली साथीभाइ हरु धन्यबादका पात्र हुन । उनका अनुसार नयाँँ संबिधानले नेपालमा लगानी गर्ने मार्ग अझ फराकिलो भएको छ । हामी बोलीमा होइनस्वदेशका लागि काम गरेर देखाउन आतुर छौं । पन्तले आफ्नो उम्मेद्बारी पदको लागि मात्र नभएर भुकम्पले तहसनहस पारेको आफ्नो राष्ट्रको पुनर्निवाण गर्ने अभियान रहेको पनि बताए । केहीअघि मात्रै स्वदेशमा भुकम्पले स्वजनहरु आहत हुँदा राहत र सहयोग जुटाउन उनी अत्यन्त सक्रिय रहेका थिए । उनी भन्छन- जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, जुन सँधै नैभइरहनेछ । त्यसैले जन्मथलोप्रतिको आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट वा परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास थालिएको छ । विभिन्न क्षेत्रमा लगानी गर्नेक्रम बढेको छ । यसले हाम्रो संगठित अभियानको महत्व र गरिमालाई पनि स्थापित गरेको छ । गएको विनाशकारी भूकम्पपछिको पीडामा मलम लगाउने क्रममा हाम्रो सक्रियता र पहलकदमीलेविदेशमा रहेका नेपालीहरु साँच्चै स्वदेशको दुःखमा साथी बन्न सक्छन् भन्ने छाप छोडेको छ । एनआरएनले त्यो बेला जुटाएको आर्थिक सहयोगबाट छिट्टै नै भुकम्प प्रभावितहरुका लागि देशकाविभिन्न गाउँहरुमा घर निर्माण कार्य शुरु हुने भएको छ ।पन्तले मध्यपूर्वमा नेपाली श्रमिकहरुले भोगिरहेका समस्याका बारेमा गतिलो कार्यनिति बनाइने बताउदै भने –म सबै समस्या समाधान हुन्छ नै त भन्दिन तर यो समस्याको समाधान कसरी गर्ने भन्ने बिषय नै हाम्रो मुख्य एजेण्डा हुनेछ । विश्वका ७१ देशमा फैलिएको एनआरएनलाई आजको अवस्थामाल्याउने धेरै अभियन्ता मध्ये पछिल्लो समय पन्तको सक्रिय भूमिकाले पनि काम गरेको छ । संगठन विस्तार, सामाजिक, कल्याणकारी काम आदिमा उनको सक्रियता उत्तिकै रहदै आएको छ ।

अध्यायनको शिलशिलामा जर्मन आएका पन्तले सन २००७ देखी होटेल ब्यवशाय सुरु गरेका हुन । जुन ब्यवसाय अहिले युरोप भरी फैलाउने क्रममा छन उनी । उनी भन्छन- हामीले आर्जन गरेकोज्ञान, सीप र पुँजीयुक्त, सचेत र संगठित गैरआवासीय नेपालीको सहभागितामा स्वदेशको समुन्नति सम्भव छ । यत्ति हो, नेपाल सरकारको गति र उसको नीति अनुकूल हुनुपर्ला । सफलतातर्फलम्किएका सम्पूर्ण गैरआवासीय नेपालीलाई अलिकति पनि विचलित नहुने अवस्था सिर्जना गरेर लक्ष्यमा पुग्ने वातावरण बनाउनुपर्ला । त्यसका लागि फरकफरक क्षेत्रमा आफ्नो पहिचान बनाएका,प्रतिभा देखाएका र योग्यता प्रमाणित गरेका युवाले अग्रसरता लिनुपर्छ ।

एनआरएन अभियान अहिले पहिलो पुस्ताबाट सरेर दोस्रो पुस्ताको काँधमा पुग्दै छ, दोस्रो पुस्ताका गतिलो सम्भावना भएका युवा ब्यवशायी हुन कुमार पन्त । यि जस्ता केही युवा ब्यबशायीहरुकोनेपाली समाज प्रतीको लगाब र आफ्नो देशका लागि केही गरौं भन्ने चहानाले एनआरएनको भविश्य निकै उज्वल आकलन गर्न सकिन्छ । “संगठनको नेतृत्वको हिसाबले हामी गैरआवासीयनेपालीहरू क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा प्रवेश गर्दैछौँ । कडा मिहिनेतले नै हो पहिलो पुस्ताका अग्रज एनआरएनहरुले विश्वभर आआफ्नो क्षेत्रमा गर्विलो इतिहास बनाइसक्नुभएको छ ।एक्लाएक्लै प्रयत्नले पहिलो पुस्ता यत्तिको सफल भयो । अब सफल हुने नेपालीको संख्या बढ्दै छ । हाम्रो संगठित प्रयासले यो दरलाई अझ तीब्रतर बनाउँदै छ । र, यो सफलताको सकारात्मकपक्षको उपयोग राष्ट्रिय हितमा गर्नुपर्छ भन्ने बोध लगभग समस्त एनआरएनलाई भएको छ । मातृभूमिप्रतिको लगावलाई थप प्रगाढ बनाएर मुलुकको रूपान्तरणमा अझ सक्रिय र संगठित हुनैपर्छभन्ने धेरैले मनन गरेका छौँ । यसलाई एउटा संस्कृतिको रूपमा स्थापित गर्ने दायित्व अब हामी माथि आएको छ- उनले भने ।