काठमाडौं -सांसदहरुले मुल्यवृद्धि प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आईतबार बसेको प्रतिनिधिसभाको बैठकको सुन्य समयमा बोल्दै सांसदहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव गराईएको र त्यसका कारण मुल्यवृद्धि आकासिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
सांसद अमृता थापाले कृर्तिम मंहगीलाई अनुगमन गरि मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिन् । उनले भू उपयोग नीति बनाउनुपर्ने माग गरे ।
सांसद खगराज अधिकारीले आमाको नामबाट नागरिकता दिने व्यवस्था तुरुन्तै मिलाउन माग गरिन् ।
कृतिम अभावका कारण श्रृजना भएको महंगीले गिज्याईरहेको भन्दै उनले तत्काल अनुगमन गरि मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिन् ।
सांसद आशा कुमारी विकले संविधानमा उल्लखेख भएको दलित हकका बारेमा कानुन बनाउने कामको प्रगती बारे गृहमन्त्रीसंग जानकारी माग गरिन् ।
सासद कृष्ण कुमार श्रेष्ठ आयोग गठन गरेर सुकुम्बासी समस्या समाधान गर्न माग गरे ।
सांसद कृष्ण भक्त पोखरेलले संविधानले गरेको व्यवस्था अनुसार आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाउन सकारको ध्यानाकर्षण गरे ।
सांसद खेम प्रसाद लोहनीले धादिङका बाढी र पहिरोपीडीतलाई तत्काल राहतको व्यवस्था मिलाउन माग गरे ।
सांसद गगन थापाले सरकारले डाक्टर गोविन्द केसीलाई शान्तिपुर्ण प्रर्दशन गर्न रोक लगाएर सरकार अराजकता उन्मुख हुँदै गएको बताए ।
सांसद गणेश सिंह ठगुन्नाले दार्चुला जिल्लामा रहेको विमानस्थल लामो समय देखि बन्द रहेको भन्दै आगामी आर्थिक बर्षमा संचालनमा आउछ कि आउँदैन भनेर प्रश्न गरे ।
सांसद घनश्याम खतिवडा मनसुन सुरु भएसंगै नदी कटानको त्रास जनतामा देखिएको भन्दै तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।






