प्रधानन्यायाधीश पराजुलीको योजना : न्यायलयमा मुस्कानसहितको सेवा

काठमाडौं– प्रधानन्यायधीसमा प्रस्तावित गोपाल प्रसाद पराजुलीले आफु प्रधानन्यायाधीस भएपछि न्यायलयमा मुस्कानसहितको सेवा सुरु योजना बनाएका छन् । उनले आईतबार संसदीय सुनुवाई समितिमा पेश गरेका २९ योजनामध्ये मुस्कानसहितको सेवालाई पनि समेटेका छन् ।

आइतबारको सुनुवाई समितिमा सदस्यहरुले प्रधानन्यायाधीश भएपछि गर्ने काम र योजनाबारे धारणा राख्न सुझाएपछि उनले २९ बुँदे योजना पढेर सुनाएका थिए ।
यसैवीच संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित पराजुलीको नाम अनुमोदन गरेको छ । समितिको आईतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मत अनुमोदन भएको हो । यसअघि पराजुलीविरुद्ध उजुरीका लागि छुट्याएको समयमा समितिमा एउटै पनि उजुरी परेको थिएन ।