मुम्बई, असोज २१ / एजेन्सी। केही दिनअघि ‘रानी लक्ष्मीबाई’ माथि बन्ने बायोपिक फिल्ममा कंगनाले लक्ष्मीबाईको भूमिका निभाउन लागेको खबर आएको थियो । तर, हालैको खबरअनुसार उनी सो फिल्मबाट निकालिएकी छिन् ।बताइएअनुसार उनले चल्तीका अभिनेत्रीको तुलनामा महँगो पारिश्रमिक मागेकाले फिल्मबाट निकालिएको हो । केतन मेहताले निर्देशन गर्ने उक्त फिल्मका लागि उनले ११ करोड मागेको बताइन्छ ।
त्यसो त, उनले हालै रिलिज भएको फिल्म ‘कट्टी बट्टी’ बाट पनि ११ करोड लिएको बताइएको थियो तर, पछि त्यो कुरा हल्ला मात्र भएको खबर बाहिरिएको थियो । बलिउडमा चल्तीको अभिनेत्रीहरुले औषतमा ६ करोड लिने गर्छन्।
नायिकाको भरमा मात्र बक्सअफिसमा करोड क्लबमा पुर्याउने सामर्थ भएकी कंगनाले ‘सरबजीत’ माथि बन्ने बायोपिक फिल्म पनि छोडेकी छिन् । उनको पछिल्लो फिल्म ‘रंगुन’ रिलिजको पर्खाईमा छ । जसमा शाहिद कपुर र सैफ अली खानले अभिनय गरेका छन्।






