काठमाडौं– ब्यवस्थापिका संसदको शुक्रबार बस्ने भनिएको दोस्रो वैठक पनि बस्न सकेन । दोस्रो पटकका लागि सारिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
स्थगित बैठक शनिवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
शुक्रबार दिउँसो १ बजेको बैठक पनि अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले स्थानीय तह थप गरेको विरोधमा एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।
सरकारको नीति तथा कार्यक्रम पारित नभई बजेट पेश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।
एमालेले स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता नलिएको भन्दै विगत तीन दिनयता संसद बैठक चल्न दिएको छ । विहिबार सरकारको नीति तथा कार्यक्रम पेश गर्न भने एमालेले अवरोध गरेको थिएन ।
अवरुद्ध संसद बैठक सञ्चालन गर्ने विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका नेताहरुको बैठक बोलाएकी थिइन् ।
तर शीर्ष तीनै दलका नेताहरु सभामुखले बोलाएको छलफलमा नआएपछि शनिवार पुनः शीर्ष नेताबीच छलफल हुने भएको छ ।






