साडी प्रचारका लागि विद्या बालनलाई १६ करोड भारू प्रस्ताव

मुम्बई, असोज २१ /एजेन्सी । बलिउड अभिनेत्रीहरुलाई पर्दाबाहिर पनि अनेकौ फेसनमा देख्न सकिन्छ तर बलिउड अभिनेत्री विद्या बालन धेरैजसो साडीमा देखिन्छ। विद्याको विचारमा प्रत्येक दराजमा एउटा भएपनि साडी हुनुपर्छ। विद्याको साडीप्रेमका कारण पनि हुनसक्छ हालै उनलाई एक साडीको प्रवर्धन र प्रचार गर्न १३ करोड भारूको प्रस्ताव गरिएको छ। खबरका अनुसार ती साडी निर्माताले साडीको प्रचारका लागि विद्या ने उपयूक्त भएकाले प्रस्ताव गरिएको जनाएका छन्। १६ करोड भारूको प्रस्तावलाई के गर्ने भन्ने टुङ्गो विद्याले गर्न बाँकी नै रहेको विद्या निकट श्रोतले बताएको छ।