काठमाडौं– अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराए।
‘देश विकासकालागि मेरो र पार्टीको धारण मिलेपछि पार्टीमा लागेर योगदान दिन लागिपरेको छु। राजनीतिप्रति रुचि र क्रान्तिकारी स्वभावले गर्दा एकीकृत माओवादी पार्टी र मेरो धारण मिलेको थियो। यसअघि जनताको लागि जुट्ने भनेको माओवादीले जनतालाई सम्बोधन गर्न सकेन्।, ‘अभिनेत्री थापाले भनिन्,‘अव औपचारिक रुपमा राप्रपा पार्टीमा रहेर राष्ट्र र राष्ट्रियताको लागि काम गर्नेछु।’
यसअघि माओवादी पार्टी प्रवेशपछि उनी चलचित्र विकास बोर्डको अध्यक्ष दौरधूपमा लागेकी थिइन्। ‘पार्टीमा लागेपनि मेरो कलाकारिता यात्राले निरन्तरता पाउनेछ । अब कलाकारहरुको लागि आँट गरेर काम गर्न सक्ने भएको छु । मैले यो निर्णयलाई सकारात्मक रुपमा लिएको छु,’ उनले भनिन् ।
गायिका कोमल वलीले यसअघि नै राप्रपा प्रवेश गरेकी घोषणा गरेकी थिइन्। आजको कार्यक्रम सञ्चालन पनि वलीले गरेकी थिइन् ।






