आन्दोलनकारीले ढुंगा हान्दा बस पल्टियो, दुईको मृत्यु

bus accidentकाठमाडौं- सप्तरीको भारदह-कोशी ब्यारेज सडक खण्डमा आन्दोलनकारीले ढुंगा हान्दा बल पल्टिएको छ । बस पल्टिदा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् ।

बिहान करिब ५ बजे पश्चिमबाट पूर्वतर्फ प्रहरीको स्कर्टिङमा गइरहेको ना ५ ख १६६४ नम्बर बसमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारपछि अनियन्त्रित भई बस पल्टिएको प्रहरीले ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख सुरेन्द्र खेरबारले जानकारी दिए ।

मृतकमध्ये धनुषा तुलसीपुर ७ की ९ वर्षीय निर्जला बस्नेतको सनाखत भएको छ । अर्का मृतकको साथबाट जीवनकुमार अधिकारीको नाममा रहेको एटीएम कार्ड भेटिएको छ । उनको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।