भारतीय नाकाबन्दीलाई विनोद चौधरीले गरेको अन्तर्राष्ट्रियकरण

binodकाठमाडौं- फोर्ब्सको सूचीमा रहेका एक मात्र नेपाली व्यवसायी विनोद चौधरीले कमनवेल्थ देशहरूको बैठकमा भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रिकरण गरेका छन् ।

चौधरीले मानवीय संकट पैदा गरेकोबारे विश्व समूदायलाई ध्यानाकर्षण गराएका चौधरी ग्रुपले जनाएको छ । चौधरी समूहका अध्यक्ष एवं उद्योग परिसंघका पूर्वअध्यक्ष चौधरीले नाकाबन्दीका कारण भूकम्पले जर्जर मुलुकलाई नाकाबन्दीले आर्थिक संकटतर्फ समेत धकेलेको बताए।

युरोपेली मुलुक माल्टामा आयोजित कमनवेल्थ मुलुकका राष्ट्र प्रमुखहरू सहभागी हुने सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन्।

कनेक्टिङ एसिया एक्सलरेटिङ रिजनल इन्टिग्रेसन एन्ड डेभलपमेन्ट विषयक अन्तक्रियालाई उनले सम्बोधन गरेका थिए। कमनवेल्थ बेलायती उपनिवेश भएका मुलुकहरूको समूह हो। नेपाल यसको सदस्य नभए पनि चौधरीलाई अतिथिका रूपमा बोलाइएको विज्ञप्तिमा उल्लेख छ।