मधेसमा छुट्टै सेना गठनको तयारी

armyकाठमाडौं- तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ ।

जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ ।

सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको छ ।

तराई क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ । राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् ।