काठमाडौं, २३ बैशाख । विनाशकारी महाभुकम्पमा परेका पीडितहरुका लागि राहत बाड्न नेपालीहरुले सुरु गरेको सामाजिक सञ्जाल ‘सगुनडटकम’ले पनि अभियान थालेको छ । सगुनको संयोजनमा हाँस्य कलाकारहरु सिताराम कट्टेल(धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) लगायतले साथ दिएका छन् । सिन्धुपाल्चोक, काभ्रे, धादिङ, काठमाडौंका विभिन्न स्थानमा राहत वितरण गर्न पुगेको सगुनडटकमको टोलीसँग टेलिसिरियल भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे(पाँडे) र कंक्रोजलगायतले राहत वितरणमा साथ दिएका थिए ।
टोलीले काभ्रेको पोलाटी गाविस र सिन्धुपाल्चोकको फुल्पीङ्ग–५ र ८ मा राहत वितरण गरेको छ । राहत स्वरुप टोलीले पीडितलाई त्रिपाल, म्याट, औषधीलगायत अति आवश्यक दैनिक उपभोग्य बस्तु चामल, नुन, तेल, चिउरा पनि वितरण गरेको छ।
सगुनसंगै गएका जीवन विज्ञानका प्रतिनीधि, गणेशमान सिंह मेमोरियल अस्पतालका प्रतिनीधि लगायत कलाकारहरुले ठुलो संख्यामा भेला भएका स्थानीयलाई राहत वितरण गरे । औषधी सहितको उक्त टोलीमा भारतबाट आएका बरिष्ठ चिकित्सक सुशील मेहता समेत संलग्न थिए । अति विकट ती बस्तीमा रहेका सबै घर पूर्ण क्षतीग्रस्त छन्। भौगोलिक कठीनाईका बाबजुद औषधी सहितको टोली त्यहाँ पुगेपछी पीडितले राहतको अनुभूति गरेका थिए।
सगुन टिमलाई धुर्मुस र सुन्तलीको साथ






