चर्चित गायक पशुपति शर्मा भविष्यवाणीतीर लागेपछि (भिडियो सहित)

लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक पशुपति शर्मा यस पटक भने तीज गीतमा ब्यस्त देखिएका छन् ।

समाजमा घट्ने हरेक राम्रा र नराम्रा घटनालाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक शर्माले यस्तै बिषयबस्तुमा ब्यग्यात्मक “भविष्यवाडी” बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन ।
प्रस्तुत गीतमा शर्माले माताले पैसा कमाएको देखेपछि पिता भएर भविष्यवाणी गरेको देखाईएको छ ।

उक्त गीतमा लय, शब्द तथा स्वर स्वयंम शर्माको रहेको छ भने गायिका मञ्जु बि.क.ले साथ दिएकी छिन् ।

आशिष म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतमा शर्मा र बि.क.का साथै शुष्मा लोहनीको अभिनय रहेको छ ।