यतिखेर चलचित्र ‘बाहुबली’को सर्वत्र चर्चा छ । अन्तराष्ट्रिय रुपमै दर्शकले रुचाएको फिल्म बाहुबली भित्रका चरित्रको पनि एक पछि अर्को राज खुल्दै गएको छ ।
यसैबीच बाहुबलीमा भल्लालदेवको भुमिका निभाएका राणा दग्गूबातीको एक वास्तविकता बाहिरिएको छ । फिल्ममा मात्र नभई वास्तविक जीवनमा पनि बलवान मानिएका यि कलाकारले एक अन्तर्वार्ताको क्रममा आफूले एउटा आँखा नदेख्ने खुलासा गरेका हुन् ।
एक च्यारिटी शो क्रममा उनले भनेका छन् – ‘म एक सिर्फ देब्रे आँखाले मात्र देख्न सक्छु । एक व्यक्तिले मृत्युपछि मलाई आँखा दान गरेको थियो तर यसमा कहिल्यै ज्योति आएन । यदि मैले देब्रे आँखा बन्द गरेँ भने केही देख्दिन । ‘
चेन्नईमा जन्मिएका राणाको सानै उमेरमा आँखाको अप्रेशन भएको थियो । उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् २०१० मा फिल्म ‘लिडर’ बाट गरेका थिए । एजेन्सी






