बेलायतको एक अर्ब नेपालमा बाढी प्रभावितका लागि आर्थिक सहयोग घोषणा

लन्डन-नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (करिब एक अर्ब नेपाली रुपैयाँ) आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बाढीले नेपालमा पुर्‍याएको क्षतिलाई “बिडम्बनापूर्ण र हृदयविदारक” भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस दुःखद घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री बर्नह्यामले संकटको यस घडीमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न बेलायत सधैं तयार रहेको उल्लेख गरेका छन्। साथै, वर्तमान कठिन परिस्थितिमा विश्वका विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि नेपाललाई आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

नेपालमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ भने उद्धार र राहत कार्य अझै जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *