निधिलाई गृहजिल्ला प्रवेशमा अवरोध, मोर्चाको चरित्र उदांगो भयो : निधि

bimalendra nidhiजनकपुर- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई गृहजिल्ला धनुषा प्रवेशमा मधेसी मोर्चाका कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।

निधिलाई जनकपुर प्रवेशमा रोक लगाउने भन्दै मोर्चाका कार्यकर्ताले बुधबार बिहानैदेखि चोक–चोकमा प्रदर्शन गरेका थिए ।

मोर्चा कार्यकर्ताले जनकपुर विमानस्थलाई घेराउ गरी निधिको प्रवेशमा रोक लगाउने तयारी गरेपनि प्रहरीले उनीहरुलाई विमानस्थलभन्दा दुई किलोमिटर पर भैरवचोकमै रोकेको थियो ।

मोर्चाका कार्यकर्ता र प्रहरीबीच श्यामचोकमा झडपसमेत भएको छ ।

कडा सुरक्षाबीच विमानस्थलबाट बाहिरिँदै गर्दा कांग्रेस नेता निधिले कुनैपनि पार्टीको अधिवेशन नै हुन नदिने र नेताहरुको घरमा आगजनी गर्ने जस्ता कार्यले मधेसी मोर्चाको वास्तविक चरित्र उदांगो भएको टिप्पणी गरे ।