२० दिनभित्र प्रदेश सभा, ३० दिनभित्र सरकार : प्रमुख झा

काठमाडौँ- पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार गठन हुने बताएका छन् ।

प्रदेश प्रमुख झाले संवैधानिक व्यवस्था अनुसार २० दिन भित्र प्रदेश सभा आह्वान हुने र ३० दिन भित्र सरकार गठन हुने प्रतिक्रिया दिएका हुन् ।

उनले प्रदेशसभा बोलाउने र सरकार गठनका लागि आवश्यक तयारी भइरहेको पनि स्पष्ट पारे ।

बुटवलस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीमाझ प्रदेश प्रमुख झाले माघ २३ गते भित्र प्रदेशसभा बैठक आह्वान गर्ने योजना पनि सनाए ।

प्रदेश प्रमुख झाले संविधान, कानुन र राजनीतिक दलहरुको सहमतिमा आफू अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले फागुन ३ गते भित्र मुख्य मन्त्री चयन हुने गरी काम भइरहेको पनि बताए ।