नेपाली जनसम्पर्क समिति एनएसडब्लुद्वारा विद्यार्थीलाई राहत

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा कोभिड–१९ को प्रभावले समस्यामा परेका विद्यार्थीलाई नेपाली जनसम्पर्क समिति एनएसडब्लुले सहयोग अभियान सुरु गरेको छ । समस्यामा रहेका नेपाली समुदाय तथा विद्यार्थीलाई राहत वितरण गर्नका लागि जनसम्पर्क समिति अष्ट्रेलियाले विभिन्न सहयोग उपसमिति गठन गरी आफ्ना माताहातका सबै राज्य समितिलाई निर्देशन र जिम्मेवारी दिइ सहयोग अभियान सुरू गरेको हो ।

कोभिड–१९ प्रभावितहरुको सहयोगका लागि नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको एनएसडब्लुअन्तर्गत विभिन्न समिति गठन भएको छ । केन्द्रीयस्तरमा स्वयमसेवक एवम् सहयोग समिति संयोजकहरुमा राज्य समितिका संयोजकहरु, सबै राज्य समितिका सदस्यहरु रहने छन् ।

यस्तै नीति निर्माण, योजना र समुदाय सहकार्य समितिको संयोजकमा डा. कृष्ण हमाल रहेका छन् भने सदस्यहरुमा गणेश केसी, मेहन्द्र लम्साल, दुर्गा आचार्य, जानकी पौडेल, राजन ढुंगेल र राजु अधिकारी रहेका छन् । यस्तै मेडिकल टिमको संयोजकमा डा. डिल्ली बन्जाडे रहेका छन् भने सदस्यहरुमा भीमा लिम्बू, इन्द्र मगर, भागिरथ सापकोटा र सुमन देवकाटा रहेका छन् ।

यस्तै विद्यार्थी एवम् अभिभावक सहयोग समितिको संयोजकमा निरज श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा सबै राज्य समितिका संयोजकहरु, पे्रम सापकोटा, सुरेश गुरुङ, डिल्ली ढकाल, गोकुल घिमिरे, नागेन्द्र अधिकारी, अर्जुन केसी, इन्द्र न्यौपान र समित केसी रहेका छन् ।

फन्डराइजिङ समितिको संयोजकमा नेपाली जनसम्पर्क समिति संयोजक अस्ट्रेलियाले गर्नेछ । विद्यार्थी र भिजिट भिषामा रहेकाहरुका लागि आवश्यक जानकारी र निःशुल्क परामर्श समितिमा निरज श्रेष्ठ, राम श्रेष्ठ, कुशल केसी, विकास केसी, रविन्द्रकुमार श्रेष्ठ, आशिस तिवारी, राजमान थकाली र हिरा कँडेल रहेका छन् ।

न्यू साउथ वेल्स राज्य परिषद्का संयोजक शितल खाण गिरी , उपसंयोजक सरोज पाण्डे,सदस्यहरुमा सुजित सिङ्, अर्जुन के सि, राज पाठक, नेत्र पौडेल, सुजन सापकोटा, मन्जित घिमिरे, प्रशान्त, ज्ञानु वलि रहेका  छन् । विद्यार्थी समन्वय संयोजक समित केसी र सदस्यहरुमा रक्डेलबाट सरगम गुरुङ, स्र्टाटफिलबाट प्रवेश सुवेदी, हर्षभिलबाट आशिस अधिकारी, फ्ेल्मीङटनबाट प्रजित कुँवर र सुदर्शन बराल, क्याम्पसीबाट आशिस तिवारी, ग्रामभिल सोनाम शेर्पा, कोग्राहबाट विशाल श्रेष्ठ, बरुणबाट सुदीप सिंह भण्डारी, पारामाटाबाट मधुसुदन अधिकारी, फ्ल्मीङटनबाट, काल्टनबाट शिव भण्डारी, वेस्टर्याडबाट एडम्स तेन्दुल्कर, बैंकसियाबाट टीका थापा, अवनबाट मनिष सुवेदी र आशिस कार्की, नर्थ स्टाटफिल्डबाट सुदीप आचार्य, लिडकमबाट सुप्निल महर्जन, ब्लाकटाउनबाट विशाल पोखरेल रहेका छन् ।

सोही निर्देशन बमोजिम न्यू साउथ वेल्स राज्य परिषद् (एनएसडब्लु) ले अति समस्यामा रहेका नेपाली विद्यार्थीलाई लक्षित गरि खाद्यान्न सहयोग अभियान चलाइरहेको सहयोग समितिका संयोजक शितल खाण गिरीले जानकारी दिए । समस्यामा रहेका सम्बन्धित विद्यार्थीलाई सम्पर्कमा आई सहयोग लिन समेत गिरीले अनुरोध गरेका छन् ।

कोभिड–१९ ले असहज परिस्थितिमा नेपाली समुदायबीचको आपसी सहयोग सद्भाव र एकतालाई अझ मजबुत बनाउदै विद्यार्थीको बिबिध समस्यामा सँगै रहन सहयोग अभियान सञ्चालन गरेको विद्यार्थी समन्वय संयोजक समित केसीले बताए ।

एनएसडब्लुको विभिन्न स्थानमा बस्ने समस्यामा रहेका बिद्यार्थी छनोट गरी खाद्यन्न वितरण गरिनेछ । संयोजक केसीका अनुसार पहिले राहत पाइसकेका विद्यार्थीले पुनः नपाउने र विद्यार्थीलाई अनुकूल हुने ठाउँमा खाद्यन्न वितरण गरिनेछ ।

सहयोग लिनका लागि विद्यार्थीले आफ्नो परिचयपत्रसहित हाल बसोबास गरिरहेको ठेगानासमेत उल्लेख गरी फोन नम्बरसहित npccaustralia16@gmail.com मा सम्पर्क गर्नुपर्नेछ ।