अष्ट्रेलियाकी अर्की पत्रकार विश्वकर्माले पनि जितिन् भोलन्टियर अफ दि अवार्ड

तक्दीर अधिकारी
सिड्नी ।
लामो समयदेखी अष्ट्रेलियामा सामाजिक कार्य गर्दै आइरहेकी पत्रकार तथा गायिका सीता विश्वकर्मालाइ पनि न्यु साउथ वेल्स राज्य सरकारले भोलन्टियर अफ दि इयर अवार्डले सम्मान गरेको छ । न्यु साउथ वेल्स राज्य सरकार मातहतको द सेन्टर फर भोलन्टियरिङ्गले हरेक बर्ष प्रदान गर्ने उक्त अवार्ड यस बर्ष विश्वकर्माले जितेकी हुन । उनलाई मिड वेस्टर्न सिड्नी, एडल्ट नोमिनी सर्टिफिकेट मार्फमा सम्मान गरिएको हो । अवार्ड बारे जानकारी गराउँदै विश्वकर्माले भनिन्, मलाइ यस बारेमा इमेल आएको थियो, सुरुमा खबर थाहाँ पाउँदा निकै अचम्मित भएँ । उनले यस अवार्डले आगामी दिनमा काम गर्न अझै हौसला मिलेको प्रतिक्रिया दिइन् ।
विशेष गरी मिडिया, कोरोना महामारी, आपतकालिन राहत लगायतका कामहरुमा उनले निभाएको स्वतस्फुर्त भुमिकालाइ सरकारले सम्मान गरेको हो । विगतका बर्षहरुमा मन्त्रीहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर नै अवार्ड वितरण गर्दै आइरहेको भएपनि यस पटक भने महामारीको कारण औपचारिक कार्यक्रम भने हुन पाएन् ।
उनले यहाँ रहेर पत्रकारीता मात्र नभइ गित संगीतमा पनि आफ्नो पहिचान बनाएकी छन् । यस अघि उनले बजारमा सार्वजनिक गरेको तीज गीतले निकै चर्चा पाएको थियो ।
उनी हाल अष्ट्रेलिया स्थित नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिस्ट एसोसियसन एन्जा तथा डिग्नीटि फोरम अष्ट्रेलिया गरी दुवै संस्थामा उपाध्यक्षको भुमिकामा छिन् ।
यसैविच अष्ट्रेलियाकै पत्रकार तथा एन्जाका सहअध्यक्ष ऋषि आचार्य पनि यस अघि नै यस अवार्डबाट सम्मानित भइसकेका छन् ।