अनु लामा
सिड्नी । तामाङ सोसाईटी अफ सिडनी अष्ट्रेलियाको अध्यक्षमा दोस्रो पटक पनि सुनदोर्जे तामाङ निर्विरोध चयन भएका छन् । संस्थाको सम्पन्न अधिवेशनले उपाध्यक्षमा अनिल तामाङ, अविरल तामाङ, विशाल तामाङलाई जिम्मेवारी दिएको छ । २३ सदस्यीय नयाँ कार्यसमितिको महासचिवमा ज्ञानक वाईबा, सचिव रश्मी तामाङ, कोषाध्यक्ष कमल तामाङ, सहकोषाध्यक्ष प्रविन पाख्रिन, प्रवक्तामा किशोर लामा, साँस्कृतिक सचिव सुवास लामा, प्रचार–प्रसार तथा प्रकाशन व्यवस्थापक सरस्वती तामाङ, युवा संयोजक योङजी तामाङ, विद्यार्थी संयोजक मोहित तामाङ लामा लगायतका पदाधिकारीहरु निर्विरोध चयन भएका छन् ।

आईतबार सिडनीमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनमा संस्थाका संस्थापक सल्लाहकार गणेश तामाङ, सल्लाहकार निमा बम्जन तामाङ र निवर्तमान अध्यक्ष दिल तामाङ, समाजसेवी, बुद्धिजिवी तथा संस्थासम्बद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
लण्डन नेपाल न्यूजसंग कुरा गर्दै अध्यक्ष ततामाङले दोस्रो पटक जिम्मेवारी दिएकोमा सबै पदाधिकारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबै संघसंस्थाहरुसंग समन्वय गरि अघि बढ्ने बताए । “नेपाली समुदायका धेरै संघसंस्स्थाहरु यहाँ रहेका छन्, ती संस्थाहरुसंग समन्वय गरि अघि बढ्ने नै हाम्रो सोच हो, हामी सबै नेपाली एक नै हो । उनले भने ।”






