सिड्नी । सडक दुर्घटनामा सिड्नीमा एक नेपालीको निधन भएको छ । एडमन्डसन पार्क सिड्नीमा बसोबास गर्दै आएका म्याग्दीका गोपाल गर्बुजा पुनको प्रभातफेरीमा (मनिङ वर्क) निस्केका बेला कारको ठक्करले निधन भएको हो ।
म्याग्दी जिल्ला अन्नपूर्ण–१ दोबा घर भएका गर्बुजा पुन बुधबार बिहान प्रभातफेरीमा निस्केका थिए । एडमन्डसन पार्क बडिया कमिटीका संस्थापक अध्यक्ष विष्णु खत्रीले दिएको जानकारी अनुसार गर्बुजालाई पछाडिबाट आइरहेको कारले ठक्कर दिएको थियो । कार चालकले नेपाली भाषा स्पष्टसँग बोलेका थिए ।
दुर्घटनाबारे प्रहरी रिर्पोट आएपछि मात्र स्पष्ट हुने जानकारी दिँदै खत्रीले भने, प्रहरीले नियन्त्रणमा लिएका ‘डेथ बडी’ प्राप्त भएपछि मात्र नेपाल लैजान वा सिड्नीमै अन्तिम संस्कार गर्ने निर्णय परिवारले गर्नेछ ।
बिहान ५ बजे गर्बुजा पुन एक नातेदारसँग जना प्रभातफेरीमा निस्केका थिए । उनीहरु सडक किनारामा हिडिरहेका बेला बिहानको झिसमिसेमा पछाडिबाट कार आएर गर्बुजालाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै गर्बुजालाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो, यद्यपि उनलाई बचाउन सकिएन ।






