मोर्चा संविधानसभाको बैठकमा सहभागी हुने

काठमाडौँ, २६ जेठ । एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चाले आजदेखि संविधानसभाको बैठकमा भाग लिने निर्णय गरेको छ । मोर्चामा संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दल छन् । तीमध्ये आज बसेको १३ राजनीतिक दल सहभागी बैठकले सोमबार भएको सहमतिले संविधानसभाबाट संविधान जारी गर्ने सुनिश्चितता भएको ठहर गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । सो मोर्चा गत माघ ५ गतेदेखि संविधानसभाको बैठकमा सहभागी नहुने घोषणाका साथ सडक आन्दोलनमा उत्रेको थियो । राजनीतिक दलबीच सोमबार भएको सहमति ऐतिहासिक दस्तावेजका रुपमा ग्रहण गर्ने निकर्षसमेत मोर्चाले निकालेको छ ।