भरतपुर महानगरपालिकामा देवीले मत अन्तर बढाउँदै

चितवन– भरतपुर महानगरपालिकाको वडानम्बर १ को मतगणनामा मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
अहिलेसम्म वडानम्वर १ को १५ सय ७५ मत गणना भएको छ ।

जसमा एमालेका मेयरपदका उम्मेदवार ७६१ र माओवादी केन्द्रकी रेणु दाहालले ६०५ मत ल्याएकी छन् ।

त्यस्तै उपमेयरतर्फ एमालेका दिव्या शर्माले ६२३ र माओवादी–कांग्रेसका तर्फकी पार्वती शाहले ६४० मत ल्याएकी छन् ।