अस्ट्रेलियाका नेपालीले अग्नि पीडितलाई गरे २० हजार डलर सहयोग

तक्दीर अधिकारी

सिड्नी ।अस्ट्रेलियाका नेपालीले अग्नि पीडितलाई २० हजार डलर सहयोग हस्तान्तरण गरेका छन् ।अस्ट्रेलियाकाको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन् ।शुक्रबार एक कार्यक्रममा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले न्यु साउथ वेल्सको रुरल फायर सर्भिसलाई रकम हस्तान्तरण गरेको हो ।

अष्ट्रेलियाको विभिन्न जंगलमा लागेको आगोको प्रभाब बाट पीडित भएकाहरुलाई थोरै भएपनि राहत पुगोस भनी (एनआरएनए) अस्ट्रेलियाको सहयोगमा जुटेको सहयोगार्थ अभियानबाट उठेको २० हजार डलर हस्तान्तरण गरिएको हो । गैरआवासिय नेपाली संघले सुरु गरेको अभियानमा ३ सय ६५जनाले सहयोग गरेका थिए ।

एनआरएन अस्ट्रेलीयाले शुरुवात गरेको “गो फन्ड मी” मार्फत सङ्कलीत रकम बिस हजार डलर न्यु साउथ वेल्स रुरल फायर सर्भिसका प्रमुख सेन फिच्सिमोन्सलाई बुझाएको हो ।सहयोग ग्रहण गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसलेअष्ट्रेलिया स्थित नेपाली समुदायलाई धन्यवाद दिएका थिए ।

गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसी एबम एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल लगायतको टीमले एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको थियो।

अष्ट्रेलियाको पूर्वी क्षेत्र न्यू साउथ वेल्सको झाडी बाट सुरु भएको आगलागी झण्डै १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको थियो । जंगलमा लागेको डढेलो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका थिए भने ३ जनाको मृत्यु भएको थियो ।यसै बीच आगलागीबारे अनुसन्धान र क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट ठुलो क्षति भएको अनुमान छ।  यसको प्रभाव अझै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *