लन्डन- नेप्लिज ब्रिटिस कम्युनिटी युकेले आफ्नो छैछौं वार्षिकोत्सवकामा गत महिना ह्यारो, लण्डनमा रक्तदान कार्यकम सम्पन्न गरेको थियो ।
कार्यक्रममा १८ जना भन्दा बढी सहभागी भएर रक्तदान गरेको संस्थाका संयोजक कमलराज खनालले जानकारी दिए । रक्तदानका लागि सम्पूर्ण बेलायतमा बसोबास गर्नुहुने नेपालीहरुलाई नेप्लिज बि्रटिस कम्युनिटी यूके तथा नेप्लिज ब्लड डोनर्स यूकेले आहृवान गरेको थियो ।![12936559_778294882304383_6499630015066981354_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12936559_778294882304383_6499630015066981354_n1.jpg)
एनबीसीयुकेले रक्तदानजस्तो मानवीय कार्यलाई आफ्नो बार्षिक कार्यक्रममा समावेश गरेर रक्तदानका लागि बेलायतमा उदाहरण प्रस्तुत गरेको नेप्लिज ब्लड डोनोर्स युकेका अध्यक्ष एभरेष्ट गौतमले बताए ।![12670888_778293678971170_477124161253942267_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12670888_778293678971170_477124161253942267_n1.jpg)
एनबिसी यूकेले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा अप्रिल ८ तारिख शुक्रबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा सांझ साढे ६ बजेदेखि राती ११ बजेसम्म एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिसँगै कार्यक्रम आयोजना गरिएको सचिब मिलन घिमिरे ले जानकारी दिए ।
कार्यक्रममा लोकप्रिय गायकहरु शिव परियार र हेमन्त शर्मासँगै चर्चित नायिका प्रियंका कार्कीले प्रस्तुति दिने आयोजकले बताएका छन् ।
नेपाली दूतावास प्रतिनिधि, स्थानीय सांसदहरु, बज फिड र बीबीसी एजियन नेटवर्कसहितका नेपाली पत्रकार, एनआरएनए युरोप संयोजक लगायत अन्य विशेष अतिथीमाझ नयां वर्ष मनाइने कम्युनिटी सचिब मिलन घिमिरेले लन्डन नेपाल न्यूज डट कम सँगको टेलिफोन कुराकानीमा जानकारी दिनु भयो ।






