अमेरिका । अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएको छ । प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका हुन् ।
अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिका तटस्थ बस्न नसकेको भन्दै आलोचना गरेका थिए । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पको पछिल्लो चेतावनी सार्वजनिक भएको हो ।






