सुष्मा स्वराज जो मोदीलाई बधाई दिएलगत्तै विदा भइन्

एजेन्सी-भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राती निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो ।

पूर्वविदेशमन्त्री स्वराजले निधन हुनु केहीबेर अघि ट्वीटरमा लेखेको एउटा स्टाटस्ले अहिले सञ्चारमाध्यामहरुमा विशेष महत्व पाएको छ ।

स्वराजले निधन हुनु केही घण्टाअघि मात्र कश्मिर मुद्धालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । उनले प्रधानमन्त्री मोदीसमक्ष यो दिन देख्ने प्रतिक्षामा आफु रहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *