एन आर एन ए अस्ट्रेलियाको साधारण सभा सम्पन्न (फोटो फिचर)

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको साधारण सभा सिड्नीको पारामाटामा सम्पन्न भयो । ३ सेप्टेम्बर शनिवार  बिहान १० बजेबाट सुरु भएर राति १० बजेसम्म तीन चरणमा सम्पन्न कार्यक्रम  चलेको थियो ।

पहिलो उद्घाटन सत्रमा अस्ट्रेलिया  जलवायु परिवर्तन तथा उर्जा मन्त्री क्रिस बोवेनले नेपालीहरु आफुहरु सक्षममात्र नभएर  अस्ट्रेलियन नागरिकलाई समेत सहयोग गरेको वताए । उनले विशेष गरी कोभिडका बेला नेपाली समुदायले पु¥याएको सहयोग बिर्सन नसकिने वताए  । न्यू साउथ वेल्स राज्यका तल्लो सदनका सदस्य तथा छाया  बहुसांस्कृतिक मन्त्री मार्क क्वर , सांसद राइड सदस्य स्वास्थ्य तथा बहुसांस्कृतिक छाया मन्त्री जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो लगायतले मत्यब्य राखेका थिए । नेपालका लागि अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेलले एनआरएनए सरकारबाट मान्यता प्राप्त संस्था भएको र यसका गतिविधि अनेकतामा एकता रहेको वताए । उनले नवनिर्वाचित कार्य सामितिलाई सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रमलाई एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठ,  अर्का उपाध्यक्ष आरके शर्माले कार्यक्रमलाई सम्बोधन गरेका थिए । श्रेष्ठ र शर्मा दुवैले आईसीसी अध्यक्षका उम्मेदवारी दिने घोषणा गरेका छन् । कार्यक्रममा अध्यक्ष रविना थापाको शुभकामना सन्देश पढेर सुनाइएको थियो भने  अर्का उपाध्यक्ष डा. हेमराज शर्माको भिडियो सन्देश कार्यक्रममा देखाइएको थियो । यस्तै आईसीसी उपाध्यक्ष धर्मराज अधिकारी, दुर्गा आचार्य, ओसियाना  क्षेत्रीय संयोजक दिनेशराज जोशी,  केशवप्रसाद सापकोटाले पनि मन्तव्य राखेका थिए ।

बन्दसत्रमा विधान संशोधनको कुरा उठ्दा भने निक्कै चर्काचर्की समेत भएको थियो । बन्दसत्र पछि सबै स्टेटका संयोजकहरुले आ–आफ्नो स्टेटमा गरेको गातिबिधिहरुको पावर पोइन्ट प्रिजेन्टटेसन गरेका थिए । साँझको कार्यक्रममा निवर्तमान अध्यक्ष नन्द गुरुङलेले वर्तमान कार्यसमिति लाई सफल कार्यकालको शुभकामना सहित पदभार हस्तान्तरण गरे लगतै प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले शपथ ग्रहण गराएका थिए ।एन आर एन अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेलले अब  एन आर एन अष्ट्रेलिया  नयाँ स्पिरिटमा अगाडि बढ्ने वताए ।

साँझको कार्यक्रममा अष्ट्रेलियाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको एक्सीलेन्स एवार्ड र प्रेसिडेन्ट एवार्ड साधारणसभामा प्रदान गरिएको थियो ।  भिष्म भण्डारीले नेत्रित्य गरेको एक्सीलेन्स एवार्डको छनोट समितिले अष्ट्रेलियामा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरु लाई सिफारिस गरी उनीहरुको कामको प्रोत्साहनस्वरुप एवार्ड प्रदान गरिएको थियो । एनआरएनए अस्ट्रेलिया एक्सिलेन्सी अवार्ड २०२३ बाट ममतादेवी तिवारी कल्चरल एम्बेसडोर, कम्युनिटी सर्भिस पर्सन नारायण गौतम, कम्युनिटी तर्फ गीलोङ नेपलिज कम्युनिटी, बिजनेश पर्सन अफ दि एयर अनदर्शनजंग पाण्डे, एनआरएनए अस्ट्रेलिया वेमन अफ दि एयर सन्तोषी गौतम, स्टेट पर्सन अफ दि एयर सुरज पौडेल, हेउपति गुरुङ, गिरिश शर्मा, एनआरएनए अस्ट्रेलिया अफ दि एयरबाट डा. डिल्ली बन्जाडे, स्टुडेन्ट अफ दि एयरबाट गौरव थापा र विनम श्रेष्ठ, स्टुटेन्ड अफ दि एयर (युनिर्भसिटी) बाट आशिश ठगुना, फ्रेन्ड्स अफ नेपालबाट डा. राय हुडसन, स्पोटर्स फर्सन अफ दि एयरबाट अंशु आले, स्पोटर्स पर्सन अफ दि एयर (१८ वर्षमाथि) सुजनकुमार सिल्पकार, एनआरएनए अस्ट्रेलिया युथ अफ दि एयरबाट भबिश श्रेष्ठ, मिडिया पर्सन अफ दि एयरबाट सरल गुरुङ सम्मानित भएका थिए । एनआरएनए अस्ट्रेलिया विशेष प्रशंसा अवार्ड २०२३ बाट देब गुरुङ, डिला खरेल, सारु गुरुङ, प्रकाश लामिछाने, मानसवी पौडेल, अदिती कँडेल, जेनिशा गौतेम र नविन बिडारी सम्मानित भएका थिए । यसैगरी प्रेसिडेन्ट अवार्ड २०२३ बाट  सरिना सैजु, प्रकाशकाजी थापा, हाम्रो पाठशाला क्यानभेरा, मुक्तिराम पोखरेल, बिजेन बटाजु, सुनिल पराजुली, मुरारी लम्साल, सूर्यप्रसाद गौतम , संचार कर्मीहरु  कृष्ण तिवारी, तक्दीर अधिकारी लाई प्रदान गरिएको थियो । एनआरएनए अस्ट्रेलिया अन्तर्राष्ट्रिय अवार्ड समेत घोषणा गरिएको थियो जसमा सार्वजनिक सेवा तर्फ डा भगवान कोइराला , शिक्षा तथा आविष्कार महावीर पुन, सङ्गीत तथा कला प्रस्तुति अमृत गुरुङ र खेलकुद रुविना क्षेत्री रहेका छन। कार्यक्रममा एनआरएनए अस्ट्रेलिया संस्थापक अध्यक्ष मन केसी,पूर्व अध्यक्षहरु गोवा कटुवाल, धुर्व सुवेदी महेन्द्र ओली, सुरेन्द्र सिग्देल, गणेश केसी, निवर्तमान राज्य संयोजकहरु तथा एनआरएनए पूर्व पदाधिकारीहरु न्यू साउथ वेल्स महावाणिज्य दूत दीपक खड्का लगायत एनआरएनएका अभियान्त्ताहरुको बाक्लो उपस्थिति रहेको ।