न्यू साउथ वेल्समा देवकोटा जन्मजयन्ती भव्य

तक्दीर अधिकारी
सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स अष्ट्रेलियाले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती र दीपावलीको शुभकामना कार्यक्रम एकै साथ सम्पन्न ग¥यो । गत आइतबार सिड्नीमा आयोजित पहिलो चरणको कार्यक्रममा महाकवि देवकोटाको तस्बीरमा माल्यार्पणबाट कार्यक्रम सुरुवात गरिएको थियो । अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले महाकवि देवकोटाको जीवनी प्रस्तुत गर्दै ‘पागल’ शीर्षकको कविता वाचनबाट कार्यक्रम सुरु गरेका थिए ।कार्यक्रममा अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) ले महाकवि देवकोटाले स्वच्छन्दतावाद र परिवर्तनको निम्ति उनको कलम चलाएको बताए । उनले देवकोटालाई समर्पित गर्दै कविता वाचन गरेका थिए । यसैगरी अनेसास केन्द्रकी सदस्य सानु घिमिरेले पनि देवकोटालाई सम्झँदै कविता वाचन गरेकी थिइन । कार्यक्रममा न्यू साउथ वेल्स अष्ट्रेलियाकी उपाध्यक्ष ममता तिवारी, सचिव प्रविण टन्डन, डा.रामचन्द्र अधिकारी, प्रतिज्ञा अधिकारी, तुल्सा पाण्डे, खेमराज पंगेनी, शान्ता सिटौला,उद्धव थापा, हिमाल पोखरेल, नेत्र पौडेल, डा. प्रकाश पौडेल, प्रज्ञा पनेरुलगायतले रचना पाठ गरेका थिए ।

नेपाली समुदायका अगुवा पदम शाक्य, एभरेष्ट कम्युनिकेसका प्रोप्राइटर युवराज भट्टराई, हिमालयन रेडियोका प्रमुख टीका कार्की, नवलपुर समाज अष्ट्रेलियाका अध्यक्ष खेमराज पंगेनीलगायतको कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी पूर्वसंयोजक प्रतिज्ञा अधिकारीलाई अनेसासको आजीवन सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा तिहारको शुभकामना आदानप्रदानसहित देउसी भैलोसमेत खेलिएको थियो । देउसी कार्यक्रममा तुल्सा पाण्डेले भैलेनी बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । विभिन्न संघ संस्थाको प्रतिनिधित्व गरेर सहभागी भएका साहित्य अनुरागीप्रति अध्यक्ष शर्माले धन्यबाद दिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रविण टन्डनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *