एनआरएन युकेको अध्यक्षका लागि शेर बहादुर सुनारले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएन युकेका उपाध्यक्ष शेर बहादुर सुनारले एनआरएन युके (२०१९-२०२१)को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गत सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नटिङहममा आयोजित कार्यक्रममा सुनारले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बेलायत स्थित दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर समाजसेवीको परिचय बनाएका सुनारले उम्मेदवारी घोषणा गरे संगै आफ्ना १२ बुँदे प्रतिबद्धता (घोषणा पत्र) छिट्टै पत्रकार सम्मेलन मार्फत् आफ्ना एजेन्डा मतदाता समक्ष सार्बजनिक गर्ने बताए ।

सिर्जनशील नेपाली समाज यूकेको फाउण्डर प्रेसिडेन्ट एवं संरक्षक, इन्टेक १९८५ का फाउण्डर प्रेसिडेन्ट एवं सल्लाहकार, शिव कल्चर नेपाली कम्युनिटीका संस्थापक उपाध्यक्ष,लम्जुङ समाज युकेका सल्लाहकार, ग्रेटर रसमोर नेपाली कम्युनिटिका सल्लाहकार, यति एसोसियशन युकेका सल्लाहकार समेत रहेका सुनारलेले भने, ‘यहाँहरु सबैलाई अवगत छ कि विगत लामो समयदेखि म एनआरएन युकेलाई सशक्त बनाउने मात्रै होइन, एनआरएनको अधिकार सुरक्षित गर्न लागि परिरहेको छु । त्यस काममा मलाई तपाईंहरुको सहयोग रहँदै आएको छ । मेरो त्यही सेवामुखी स्वभाव र सकारात्मक काम गर्न यहाँहरुको सधैं सहयोग रहने विश्वास सहित एनआरएन युकेको अध्यक्ष पदका लागिआगामी नेतृत्वको निम्ति- प्रतिस्पर्धा गर्ने निर्णय गरेको छु ।’,सुनारले भने ।’

एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठको कार्य समिति सदस्यदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको अनुभव बटुलेका सुनारले १७ -१९ उपाध्यक्ष पदमा रही एनआरएन युकेका हरेक कार्यक्रममा आफ्नो उपस्थिति सहित विभिन्न राज्य परिषद हरुमा पुगी राज्य परिसद गठन एबम सदस्यता वितरणमा आवश्यक पहल कदमी गराउने देखि गैर आवासीय नेपाली नागरिता निरन्तरताका विषयमा संयोजक भई नेपालका प्रधानमन्त्री लगायत मन्त्रि हरुलाई ज्ञापन पत्र बुझाउन समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पूर्व गोर्खा सैनिक सुनारले भूपू गोर्खाको मुद्दालाई नजिकबाट नियालेको बताउदै यस अघि आफुलाई उपाध्यक्ष पदमा जिताउन सहयोग गर्ने सम्पूर्ण मतदाता प्रति कृतज्ञता व्यक्त गर्दै ‘मैले अघि सारेको एजेन्डा कार्यान्वयनका लागि अवसर दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ । सुनारले भने,
अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टका डाइरेक्टर समेत रहेका सुनारले एनआरएनको हितमा सशक्त भएर लाग्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *