प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

Prime Minister KP Sharma Oli speaks at a televised session on ‘Strategic Outlook on South Asia’ as a panelist at the 49th Annual Meeting of the World Economic Forum in Davos, Switzerland, on Tuesday, January 22, 201p. Photo: WEF videograb

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँचका लागि प्रधानमन्त्री ओली आज विहान राजधानीको धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । उनको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने नियमित स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री ओली अस्पताल गएको जनाएको छ । असग्लन राष्ट्रका प्रमुखहरुको सम्मेलनमा सहभागी हुन जानुअघि पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा नै स्वास्थ्य परीक्षण गराएका थिए ।

एक महिनाअघि प्रधानमन्त्रीले सिंगापुरमा स्वास्थ्य परीक्षण गराएका थिए । एक दशकअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले नियमित जस्तो स्वास्थ्य परीक्षण गराउदै आएका छन् । यसअघि भने उनको परीक्षण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *