बीजीजे समूहद्धारा भूकम्प पीडितलाई आर्थिक सहयोग :

शिव भण्डारी

लन्डन । गत महिना नायिका प्रियंका कार्की र गायक गायिका शिव परियार एवं अन्जु पन्त बेलायत झिकाएर कार्यक्रम गर्ने बीजीजे समूहले भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

BGJ gurup Press meet 020

आइतबार अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक कार्यक्रमबीच संकलित रकम एनआरएनए आइसीसी सदस्य एवं ग्लोवल च्यारिटी फण्डका कोअर्डिनेटर कुल आचार्यलाई हस्तान्तरण गरिएको हो ।

गत महिना बेलायतका विभिन्न ठाउंमा आयोजित कार्यक्रमका अवसरमा ति कलाकारले दर्शकहरुसमक्ष भूकम्प पीडितका लागि सहयोग गर्न याचना गरेका थिए । यस अलवा आयोजक समूह बीजीजे (बीरेन खड्का, गणेश गुरुंग र जीवन अधिकारी) ले पनि थप सहयोग गरेको थियो ।

BGJ gurup Press meet 041

उक्त समूहले भूकम्प पीडित पत्रकारका लागि ५० हजार रुपैयां नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा  तथा संस्थापक अध्यक्ष नवीन पोखरेलमार्फत प्रदान गरेको छ । उक्त अवसरमा समूहले महसञ्चारलाई ५० हजार रुपैयां, सामाखुशी क्लवलाई ७५ हजार रुपैयां, छोप्राक गाविसमा एक लाख रुपैयां र क्याप्टेन विजय लामाको न्यानोपन च्यारिटीलाई ७५ रुपैयां बेग्लै  प्रदान गरेको छ ।

कार्यक्रमका अवसरमा आयोजक बीजीजेका तर्फबाट बीरेन खड्का, गणेश गुरुंग र जीवन अधिकारी तथा पत्रकारहरु नवीन पोखरेल, चिरन शर्मा, ध्रुवराज अर्याल, फडिन्द्र भट्टराई, रन्जित बस्नेत, वाचस्पति रेग्मी, राजकुमार थापा प्रकास के सी , मिलन तमु , जेनी भट्टराई, युवा व्यवसायी हरि आचार्य व्यवसायी पुरन गिरि  लगायत सहभागी थिए ।BGJ gurup Press meet 043BGJ gurup Press meet 026