लेखिसकेपछि कांग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री

काठमाडौं, ३२ जेठ । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संबिधान लेखन पछि पनि कांग्रेसबाटै राष्ट्रपति बनाइने बताएका छन ।बांकेको कोहलपुरमा क्रान्तिकारी पत्रकार संघले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले संघिय गणतान्त्रिक संबिधान जारी भए लगत्तै कांग्रेसलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्री दिनेगरि सत्ता समिकरण बन्ने बताए ।
गणतन्त्र र संघियता सहितको संबिधान जारी गर्न सकिए एमाओबादीलाई सत्ताको कुनै हिस्सा नचाहिएको पनि बताए । ३० दलिय मोर्चाको आन्दोलनकै बलमा १६ बुंदे सहमति सम्भव भएको जिकीर गर्दै अध्यक्ष प्रचण्डले पहिचान र संघियताको सहमतिलाई कार्यान्वयन गराउन ३० दलीय मोर्चाबीच अहिले पनि एकता आवश्यक रहेको औंल्याए । वर्तमान सरकार असफल भएको चर्चा गर्दै उनले अपमानित भएर सरकार छाड्नुभन्दा संबिधान बनाएर सरकार छाड्नु उपयुक्त ठानेकाले सहमति सम्भव भएको तर्क गरे । कांग्रेस र एमालेको पूर्व सम्झौता अनुसार नै सत्ता समिकरण रहने उनको भनाई थियो ।