ग्रेटर रसमोर नेप्लिज कम्युनिटीको नेतृत्व ओम थापालाई :

शिब भण्डारी

लन्डन ।

ग्रेटर रसमोर नेप्लिज कम्युनिटीको आइतबार सम्पन्न १२ औं अधिवेशनले ओमप्रसाद थापालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ । दुई कार्यकाल उपाध्यक्ष रहेका थापा छैठौं कार्यसमितिका लागि अध्यक्ष चुनिएका हुन् ।

11243643_966985179998832_6440680010561001525_n[1]

थापा गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवं प्रथम नौमती बाजा यूकेका संयोजक समेत हुन् ।

ओकफार्म कम्युनिटी हलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीव बेल्वासे, उपाध्यक्ष रामधन राई, महिला उपाध्यक्ष छवि माया पुन, महासचिव रन्जिता मल्ल, सचिव वीर बलाल, कोषाध्यक्ष भक्तबहादुर क्षेत्री र सहकोषाध्यक्षमा अमर मल्ललाई चयन गरेको छ । त्यसैगरि, महिला सेक्रेटरीमा शेष पल्ली, नयां युवा संयोजक वसन्त लक्सम्बा र प्रवक्ता एवं पव्लिक रिलेसन (पिआर) मा मान गुरुङ छानिएका छन् । काउन्सिलमै कार्यरत नेमबहादुर थापालाई स्थानीय रसमोर काउन्सिलसंग समन्वयकारी भूमिका निर्वाह गर्न संयोजक तोकिएका छन् । कार्यसमितिले थप सदस्यहरु पछि विस्तार गर्नेछ ।

11210501_966985166665500_8919669964275721336_n[1]

बन्द सत्र अघि अध्यक्ष मेजर रि.टिकेन्द्रदल देवानको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रोहित गुरुङको वार्षिक र कोषाध्यक्ष रामधन राईको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

उक्त अधिवेशनका लागि एकेन्द्र गुरुङ निर्वाचन प्रमुख र निर्वाचन मण्डलमा मेजर रि. सूर्य उपाध्याय, मेजर रि. कुलबहादुर थापा र क्याप्टेन तीर्थमान गुरुङ थिए । पर्यवेक्षकको जिम्मेवारी एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार मेजर रि. डमर घले, थर्क सेन, शेर बहादुर सुनार र पदमबहादुर राईलाई दिइएको थियो ।

अध्यक्ष चुनिएसंगै थापाले नयां सोचका साथ संस्थालाई अगाडि लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्