लन्डन– नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधरले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट अनुसन्धान गरेबापत तुलाधरले लन्डनस्थित इन्टरनेशनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले पुरस्कृत गरेको हो ।
सो संस्थाद्वारा प्रकाशित भू–वातावरणीय विपद् जर्नलमा तुलाधरको अनुसन्धानात्मक कृति प्रकाशित भएको थियो । छ हजारभन्दा बढीले डाउनलोड गरेको र विभिन्न मुलुकका सयौं शोधकर्ताले सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरेकाले उनको सो कृतिलाई उत्कृष्ट ठहर्याई पुरस्कृत गरेको जनाइएको छ । उक्त पुरस्कारको राशी करिब १ लाख २० हजार रुपियाँ रहेको छ ।
सन् २०१२ मा नेपालका विभिन्न १९ जिल्लामा पुगी तुलाधरले विपद् जोखिम न्युनिकरणबारे अनुसन्धान गरेका थिए ।






