काठमाडौं – बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जानकारी गराएको छ ।
कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, बिहीबार बिहान १० बजेसम्ममा ९४ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
नगरप्रमुख वा अध्यक्ष ९४, उपाध्यक्ष÷उपप्रमुख ९४, वडाध्यक्ष ७७८, वडा सदस्य एक हजार १८२, महिला सदस्य ५९५ र दलित महिला सदस्य ५४२ निर्वाचित भइसकेका उनको भनाई छ ।






