हंगकंगमा पनि बिस्तार भयो, सम्वृद्धि रियल इस्टेट !!

लण्डन । हंगकंगको जोर्डनमामा सम्वृद्धि रियल इस्टेट को सम्पर्क कार्यालय एनआरएनए हंगकंगको अध्यक्ष टिका गुरुङद्वारा उद्घाटन गरि कार्य आरम्भ गरिएको छ ।

अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले नेपालमा खोलिएको उक्त कम्पनीले बिस्वोको धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र नेपालको ठुला सबै सहर हरुमा पुग्ने उदेस्य अनुरुप यो सम्पर्क कार्यालय खोलिएको हो ।

उक्त कार्यक्रममा एनआरएनए हंगकंगको अध्यक्ष टिका गुरुङ ,निबर्तमान अध्यक्ष ललित सुब्बा,चेम्बर ऑफ़ कमर्स हंगकंग का उपाध्यक्ष लब कुमार गुरुङ ,आइ सी सी सदस्य मान ब गुरुङ ,सदस्य धर्म गुरुङ ,अन्तरास्ट्रिय झापाली समाजका बरिस्ठ उपाध्यक्ष छत्र सुब्बा , झापाली समाज हंगकंग का हेम लावती ,एटलान्टिक कन्सट्क्सन का डाईरेक्टर राकेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

अब हंगकंग बस्ने नेपाली हरुले अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा पाउन सक्ने भएका छन । नेपालमा प्रोपार्टी ब्यबसाय लाई सस्थागत गर्दै सम्वृद्धिको अभियान लाई बिस्व भरि ,नेपाल भरि पुर्याउने लक्ष्य राखीएको ,संसार भरि छरिएका नेपालीहरुलाई प्रोपार्टीको बारेमा सहि सूचना दिने ,उचित लगानीको अवसर प्रदान गरिने सम्वृद्धि रियल इस्टेटका मार्केटिंग डाईरेक्टर ,एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेले जानकारी दिएका थिए ।

एनआरएनए हंगकंगको अध्यक्ष टिका गुरुङले नेपाल र नेपालीलाई सम्बृद्ध बनाउने पबित्र उदेस्य बोकेको यस कम्पनीको सफलताको सुभकामना व्यक्त गर्दै एन आर एन ए हंगकंग सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

त्यसै गरि चेम्बर ऑफ़ कमर्स हंगकंग का उपाध्यक्ष लब कुमार गुरुङले उपयुक्त सूचना ,उपयुक्त लगानीको अवसर प्राप्त नभइरहेको अवस्थामा सम्वृद्धिले एउटा राम्रो सुरुवात गरेकोमा चेम्बर ऑफ़ कमर्स हंगकंगले हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिएका थिए । अन्तरास्ट्रिय झापाली समाजका बरिस्ट उपाध्यक्ष छत्र सुब्बाले सबैलाई सेवा सुबिधा दिने ,लगानीको अवसर समेत प्रदान गर्ने भएकोले सबैलाई सेवा लिन र सकेको लगानी गर्न समेत सबैलाई आव्हान गरेका थिए ।

नेपाल र नेपालीलाई सम्बृद्ध बनाउने ,नेपालमा प्रोपटी ब्यबसाय लाई सस्थागत गरी उच्च स्तरको सेवा पुर्याउने उदेस्यले स्थापना गरिएको कम्पनीलाई नेपाल सरकारका हंगकंग महाबाणिज्य दुत (कनसुलेट जेनेरल अफ नेपाल ) कमल प्रसाद भट्टराईले समेत सह्राना गर्नु भएको  जानकारी सम्वृद्धि रियल इस्टेटका को – फ़ाउण्डर तथा मार्केटिंग म्यानेजर ललित न्यौपानेले गराए ।