काठमाडौं– राजनीतिक र सांगीतिक कार्यक्रममात्र भइरहेको प्रवासमा अव धार्मिक कार्यक्रम पनि गर्न थालिएको छ । अष्ट्रेलियामा रहेको गोरखा समाजले पण्डित दिनबन्धु पोखरेललाई बोलाएर श्रीमद् भागवत ज्ञान महायज्ञ गर्न लागेको हो ।
२३ र २४ जुलाइमा दी कोरियन हल, ८२ व्रिटहोन एभ, क्रोइडन पार्क एनएसडब्वलु २१३३ मा हुन गइरहेको महायज्ञमा अष्ट्रेलियाभरि रहेका नेपाली सहभागी हुने आयोजक गोरखा समाजले जनाएको छ ।
महायज्ञमा संकलन भएको रकम अष्ट्रेलियामा रहेका विद्यार्थी सहायता कोषका लागि १० प्रतिशत र बाँकी रकम ‘सडक मानवमुक्त नेपाल’ को उद्देश्यमा मकवानपुर, चितवन, काठमाडौं लगायत देशका विभिन्न जिल्लामा सञ्चालित ‘मानव सेवा आश्रम’ लाई सहयोग गरिने आयोजनक संस्थाले जनाएको छ ।
अष्ट्रेलियामा छरिएर रहेका नेपालीहरुलाई कार्यक्रमस्थलको सुविधाका लागि समाजले क्याम्पसाई, रकडेल र एसफिल्ड स्टेशनबाट घुम्ती बस सेवा सञ्चालन गरिने पनि आयोजकले जनाएको छ ।






