तक्दीर अधिकारी
सिड्नी । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग क्यानबेराको जीआईओ स्टेडियममा खेल्ने भएको छ । अष्ट्रेलिया फुटबल फेडेरेसनले नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।






