तक्दीर अधिकारी/अनु लामा
सिड्नी । नेपाल टचको आयोजना तथा एक्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेसको प्रायोजनमा सिड्नीमा आउँदो डिसेम्बरमा नेपत्थले लाइभ सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न शुक्रबार आयोजक र प्रायोजकबीच समझदारी पत्रमा हस्ताक्षर भयो । आयोजकका तर्फबाट राज गोश्वामी र दिनेश पुन तथा प्रायोजकका तर्फबाट एजुकेशन एन्ड भिसा सर्भिसेसका निर्देशक बद्री अर्याल र अर्का निर्देशक मञ्जित घिमिरेले समझदारीपत्रमा हस्ताक्षे गरे ।
नेपथ्य लाइभ इन सिड्नी २०१९ नाम दिएको उक्त सांगीतिक कार्यक्रम लुना पार्क सिड्नीको बिग टप भ्यान्युमा १४ डिसम्बर शनिबार आयोजना हुनेछ । कार्यक्रममा एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेसका निर्देशक बद्री अर्यालले संयुक्त रुपमा तयार पारेको विज्ञप्ति पढेर सुनाएका थिए ।
सञ्चारकर्मीलाई जारी गरिएको विज्ञप्ति जस्ताको त्यस्तै–
”अस्ट्रेलिया लगायत विश्वका ११ वटा देशमा शैक्षिक एवम् माइग्रेसन परामर्शका निम्ति प्रख्या एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस र नेपाली समुदायलाई लक्षित गरी अस्ट्रेलियामै विगत ५ वर्षदेखि विभिन्न सामाजिक, सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको समूह नेपाली टच बीच नेपथ्य लाइभ इन सिड्नी २०१९ नामक सांगीतिक कार्यक्रम आयोजना गर्ने निधो गरेको छ । कार्यक्रमको मुख्य प्रायोजन स्क्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेसले गर्ने र आयोजकबाट कार्यक्रम प्रायोजन वापत प्राप्त गर्ने सेवा सुविधामा दुवै पक्ष राजी भएको हुँदा कार्यक्रमको औपचारिक नाम एक्सपर्ट एजुकेशन नेपत्थय लाइभ इन सिड्नी २०१९ तय गरिएको छ ।
आफ्ना फरक एवम् कालजयी सान्दर्भिक रहने धारका गीतहरुका निम्ती विश्व प्रख्यात सांगीतिक समूह नेपथ्यको प्रत्यक्ष प्रस्तुतिका निम्ति हामी उत्साहित छौं । यो सहकार्यका निम्ती मौका दिएकोमा नेपाल टच टिमप्रति आभार व्यक्त गर्दछौं । यसभन्दा अगाडि पनि एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसस र नेपाल टचबीचको सहकार्यमा नेपाल आइडल सिजन–२ लाइभ इन सिडनी लगायतका कार्यक्रमहरुको सफल आयोजना गरिसकेको र आउने दिनमा पनि यो क्रमलाई निरन्तरता दिने प्रत्यन गर्नेछौं ।
विद्यार्थीको हकहित र नेपाली कला संस्कृति प्रवद्र्धनलाई एक्सपर्ट गु्रपले आफ्नो स्थापनादेखि नै प्राथमिकतामा राखेको छ । समय समयमा आयोजना हुने यस्ताखोल कार्यक्रमले विद्यार्थीहरुमा आफ्नो देशप्रति माया एवम् सम्मान झन् बढने हाम्रो निष्कर्ष छ ।
यसका साथै पढाइ र कामको कारणले पैदा हुने मानसिक थकाइबाट पनि केही राहत हुन्छ । १४ डिसेम्बर २०१९ शनिबार लागि निश्चित भएको कार्यक्रमको सफलताका निम्ति आगामी दिनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिने सम्पूर्ण व्यक्ति, संघसंस्था एवम् सहयोगीहरुको स्वागत तथा धन्यवाद व्यक्त गर्दछौं ।”







