लण्डन I ब्रेकनेल नेपाली समाज युके गठन गरिएको छ । ब्रेकनेललाई आफ्नो घरे बनाए बसेका नेपालीहरुले पहिलोपटक सामाजिक कार्यमा काम गर्न संस्था गठन गरेका हुन् । राजेन्द्र राईको नेतृत्वमा गत सोमबार २२ जनाको सदस्यमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।
ब्रेकनेल नेपाली समाज युकेको अध्यक्षमा गजेन्द्र राई, उपाध्यक्षमा सुलचना सेवेदी र शिव तामाङ्, निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा प्रेम कुमार राई निर्वाचित भएका छन् भने, सचिवमा रोशन राई, कोषाध्यक्षमा उत्तम राई, सह–कोषाध्यक्षमा शोभा अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै सदस्यमा देव गुरुङ, उत्तम गुरुङ, अनामिका पाण्डे, बिमला गुरुङ, ज्ञानु गुरुङ, हरि गुरुङ, मिना गुरुङ, निर्मल गुरुङ, पञ्चकुमारी गुरुङ, प्रज्ञा राई, रविना बिष्ट, राजु बोहरा जी, सुकमाया राई, आशा राई र कमला आर्य रहेका छन् ।
३० वर्षअघि नेपालीहरू नै ब्रेकनेल र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका छन् । केही घरपरिवारदेखि हालसम्म सयौं घरपरिवारभन्दा माथि रहेको मानिन्छ ।
ब्रेकनेलमा रहेका अधिकांश नेपाली जनसङ्ख्या पूर्व गोर्खा सैनिक र उनीहरूका परिवारहरू बसोबास गर्दै आएका छन् ।
केही एल्डरशट र स्यान्डहर्स्ट नजिकैको ग्यारिसनमा आधारित थिए र सेवानिवृत्ति पछि ब्रेकनेलमा बसोबास गर्ने छनौट गरे जबकि धेरै पूर्व गोरखा सैनिकहरू जसले ब्रेकनेललाई आफ्नो घर बनाएका छन् । बेलायतमा बसोबास गर्ने अधिकार पाएर नेपालबाट फर्केका हुन् ।






