लन्डनमा ‘भट्टी’ को गरे मेयरले उद्घाटन

लन्डन ।  लन्डन साउथह्यारोमा नेवारी तथा नेपाली खाना पाइने रेष्टुरेन्ट ‘भट्टी’ खुलेको छ । केही समयअघि खुलेपनि रेष्टुरेन्टको औपचारिक उद्घाटन आइतबार एक समारोहबीच गरिएको हो ।

ह्यारो मेयर सलिम चौधरी, पूर्व सांसद तथा वर्तमान लेवर उम्मेदवार ग्यारेथ थोमस्, एनआरएनए आइसीसी पूर्व सल्लाहकार कुल आचार्य, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र मिसेस नेपाल युनिभर्स २०२३ विमला बुढाथोकीले पानसमा दीप प्रज्वलन गरि रेष्टुरेन्ट उद्घाटन गरेका थिए ।

मेयर चौधरीले आफ्नो बरोमा नेपाली रेष्टुरेन्ट सञ्चालन भएकामा खुशी व्यक्त गर्दै शुभकामना दिएका थिए ।


उद्घाटन समारोहमा सहभागी अतिथी तथा व्यवसायीहरुलाई भट्टीकी सह-सञ्चालक लन्डन फेशन हाउस निर्देशक मनिषा डंगोल श्रेष्ठले स्वागत गरेकी थिइन् ।

बेलायत स्थित नेपाली व्यवसायीहरु सुनिल श्रेष्ठ, विनोद श्रेष्ठ, सचिद माली, ऋषी श्रेष्ठ, महेश बानिया र राजीव मानन्धरको संयुक्त लगानीमा सञ्चालित भट्टीमा अथेन्टिक नेवारी तथा नेपाली खाना पाइन्छ ।

सुस्मिता थापाले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सयौ नेपाली हरुको उपस्थिति रहेको थियो ।