लण्डन । काठमाण्डुस्थित ओशो तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुण आफ्ना सहयोगी स्वामी अर्हतसंग सोमबार अपरान्ह लण्डन आइपुग्नुभएको छ । उहांलाई हिथ्रो विमानस्थलमा ओशो क्याम्प यूकेका सन्यासीहरुले स्वागत गर्नुभएको थियो । 
जुन २८ तारिख मंगलबार अपरान्ह उहासंग लण्डनको साउथहलस्थित श्रीराम मन्दिर 22 King Street, UB2 4DA मा सत्संग कार्यक्रम आयोजना गरिएको आयोजक ओशो क्याम्प युकेले जनाएको छ।
सो अवसरमा स्वामी अरुणले ”ध्यानबाट कसरी सुखी र समृद्ध बन्न सकिन्छ?” भन्ने विषयमा प्रवचन दिनुका साथै सहभागीहरुको प्रश्नको जवाफ पनि दिनुहुनेछ। सत्संग अपरान्ह ५:३० बजेदेखि ८ बजेसम्म सन्चालन हुने र बीचमा मन्दिरमा नियमित आरती कार्यक्रम पनि हुने जनाइएको छ ।
”आध्यात्मिक क्षेत्रका एक सुपरिचित व्यक्तित्व स्वामी अरुणको सान्निध्यमा नेपाली समुदायमाझ लोकप्रिय श्रीराम मन्दिरमा आयोजना हुन गैरहको सत्संग आध्यात्मिक चर्चा र आत्मरुपान्तरणको एक विरलै पाइने अवसर हो,” विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भन्नुभयो। उहांले सपरिवार सत्संगमा सहभागी हुन सबैलाई आमन्त्रण पनि गर्नुभयो ।
गएको दश वर्षदेखि ब्रिटेनमा ध्यान शिविर सन्चालन गर्दै आइरहनुभएका स्वामी अरुणले आउंदो बिहीबार, ३० जुनदेखि आइतबार, ३ जुलाई सम्म डर्सेटस्थित ओशो लीलामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ ।
शिविरमा सहभागी हुन इच्छुकहरुले http://osholeela.uk/?espresso_events=sw-aruns-meditation-camp मा गएर आफ्नो स्थान सुरक्षित गर्नसक्ने आयोजक ओशो क्याम्प युकेले जनाएको छ ।






