अस्थिरताले कृषि वैज्ञानिकहरु विदेश पलायनः कृषिमन्त्री गजुरेल

Haribol-Gajurelभक्तपुर, १४ असार । कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि वैज्ञानिकहरु विदेश पलायन भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण वैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निर्माणसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक परेमा कृषि वैज्ञानिकहरु नेपाल मै काम गर्ने बताउनु भएको हो ।

विदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातावरण तयार पार्न सरकार लागि परेको भन्दै कृषि क्षेत्रमा पेन्सनको समेत वयवस्था गरिएको मन्त्री गजुरेलले बताउनुभयो ।

छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको उहाँले बताउनु भयो ।

पुनर्निर्माणको सवालमा सरकारले ढिला सुस्ती गरेको स्विकार गर्दै उहाँले राजनीतिक दलहरुको साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिला सुस्ती भएको टिप्पणी गर्नु भयो ।