गुल्मी जिल्ला समाज यूकेका निर्वाचित सदस्यहरुलाई फूलमाला लगाइदै (भिडियो सहित )

लण्डन । गुल्मी जिल्ला समाज यूकेको छैठौं अधिवेसन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । समाजको निवर्तमान कार्यसमितिका उपाध्यक्ष टोप पल्ली मगरको नेतृत्वमा समाजको छैठौं कार्यसमिति सर्वसम्मतिमा चयन भएको हो ।

अध्यक्ष निर्वाचित पल्लीले यसअघि संस्थाको खेलकुद सेक्रेटरी, कोषाध्यक्ष हुंदै उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए । नवनिर्वाचित कार्यसमितिमा राम सापकोटा, तारानाथ भण्डारी र मोति पुन उपाध्यक्ष, वीर बलाल महासचिव, मञ्जु भण्डारी सचिव, वरुण भण्डारी कोषाध्यक्ष र तारा भट्टराई सहकोषाध्यक्ष छन् ।

सदस्यहरुमा भोजराज भण्डारी( बर्मिंगहम), शंकर भण्डारी ( बर्मिंगहम), राधा खरेल ( बर्मिंगहम) , महलाल घिमिरे (प्लमस्टिड) , शिव राना (प्लमस्टिड) , माया केसी ( डेप्टफोर्ड ) , थम्मन राना ( फार्नबरो ), भक्त बलाल (क्याम्बर्ली ), भिम खनाल ( पिटरबरो ), रुद्र थापा ( केन्ट ) , रिता गौतम ( लेस्टर ) , हरि भट्टराई ( डर्बी), मुकुन्द खनाल ( नटिङ्घम) , बाबुराम भण्डारी ( रेडिङ्ग) र पूर्णबहादुर थापा ( ग्रिनफोर्ड) र कमला भण्डारी ( कोल्चेस्टर ) छन् ।

अध्यक्षसहितका अरु सबै पद निर्विरोध भएपनि ३ उपाध्यक्षको ठाउँमा ४ र ११ सदस्यको ठाउँमा १९ जनाको उम्मेद्वारी परेको थियो । सहमतिको लागि उपाध्यक्षका दाबेदार कृष्ण ढकालले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए भने सदस्यका उम्मेद्वारहरुबाट पनि क्षेत्रीय प्रतिनिधित्व गराउंदै केहि संख्या बढाएर सहमति जुटाइएको थियो ।

समाजका सल्लाहकार मीन दर्लामी संयोजक रहेको निर्वाचन समिति  । जसमा सल्लाहकारहरु रण केसी, मोती भण्डारी, र र क्याप्टेन ताम ढेगा सदस्यले निर्वाचित कार्यसमितिको घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण समेत गराइएको थियो ।

नयाँ कार्यसमितिलाई गुल्मेली नौमती बाजा यूके समुहले नौमती बाजा घन्काएर बधाई तथा शुभकामना दिएको थियो ।

यसअघि निवर्तमान समितिका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न समाजको छैठौं अधिवेसन तथा तेह्रौं साधारणसभाले विधान संशोधन गर्दै कार्यसमितिको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष कायम गरेको थियो । त्यस्तै कार्यसमिति सदस्यको संख्या यसअघि व्यवस्था रहेको ११ बाट बढाएर बढीमा १३ बनाउने निर्णय पनि गरिएको छ ।

कार्यक्रमको पूर्व सन्ध्यामा गुल्मी जिल्ला समाज युकेका पूर्व उपाध्यक्ष एबम सल्लाहकार केशब भण्डारीका दाजु पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीको दुखद निधन प्रति मृत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट समबेदना पर्कट् गरेको थियो 

अधिवेसनले गत ३ वर्षे कार्यकालको प्रगति तथा आर्थिक प्रतिवेदनहरु पनि पारित गरेको छ ।अधिवेसनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष राम गलामीले आफु नेतृत्वको ३ वर्षे कार्यकालमा भएका कामहरुबारे जानकारी गराएका थिए ।

त्यसअवसरमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम, एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगर, निवर्तमान उपाध्यक्ष फडिन्द्र भट्टराई, सल्लाहकारहरु मोति भण्डारी, केशब भण्डारी, फत्त थापा, दासुराम पाण्डे, दुर्गा पाण्डे, क्या ताम ढेगा लगायतले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

https://www.facebook.com/londonnepalnews/videos/468183240622310/?t=2

Leave a Reply

Your email address will not be published. Required fields are marked *