लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको चौथो लोक दोहोरी स्वर्णिम साँझ २०१९” भब्य रुपले सम्पन्न भएको छ ।
नेपालका चर्चित ११ लोक दोहोरी राष्ट्रिय कलाकारहरु पवन राना मगर,सुनितामी परीयार,चिजा तमाङ,कुमार पुन,बिरु लामा,जमुना राना,अर्जुन सुनाम,भुमिका शाहा ,मदन परियार, कुमारी चेपाङ,प्रसाद खप्तरी मगर लगायतले एउटै स्टेजबाट स्वागत गित गाएर कार्यक्रमको आरम्भमै रौनकता थपेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले यी ११ कलाकारलाई एकै ठाउँमा भेला हुने अवसर जुटाएको हो । उक्त कार्यक्रम प्रसंसनिय थियो। कार्यक्रममा बेलायतका का विभिन्न कुना बाट नेपाली कलाकारहरुको उल्लेख्य सहभागिता थियो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष टंक शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अल्र्टरसटस्थित नेपाली काउन्सिल प्रवेश केसी प्रमुख अतिथि थिए । प्रमुख अतिथि केसीले म्याग्दीमा जन्मेको म एकजना नेपाली काउन्सिल बेलायतमा नेपालीहरुको राजधानीको रुपमा परिचित अल्टरसर्टमा दोहोरी प्रतिष्ठानले कार्यक्रम आयोजना गरेर सम्बोधन गर्न पाउदा उनले धन्यवाद ज्ञापन गरे । म्याग्दीको गाउँले परिवेशमा हुर्के बढेकोले आफूले दोहोरी अत्याधिक मन पराउने समेत काउन्सिल केसीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि काउन्सिलर केसी,अध्यक्ष शेरचन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य जमुनाले द्विप प्रज्ज्वलन गरेर कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतिष्ठानका सचिब एबम कार्यक्रम सञ्चालक रत्न शाहीले पहिलो चरणको कार्यक्रम निकै आकर्षक शैलीमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्षेत्री समाज यूकेका अध्यक्ष राजन क्षेत्रीले प्रतिष्ठानको भवन निर्माणका लागि संकलित रकमबारे जानकारी गराएका थिए । कार्यक्रमको दोस्रो चरणमा स्थानीय लोक दोहोरि गायक मनसुदन थापा र गायिका कल्पना श्रीपालले सञ्चालन गरेको कार्यक्रममा ११ जना राष्ट्रिय गायक गायिकाले स्टेजमा एक पछि अर्को गरि गित गाउँदा उपस्थित दर्शकलाई प्रभावित बनायो । 




कार्यक्रममा कलाकारले गाउदै नाच्दै गरे भने कसैले बाध्यबाधनमा साथ दिएका थिए । झन्डै ३ सय जना उपस्थिति कार्यक्रममा कलाकारले पालैपालो स्टेजमा गाउँदा महोल लोकदोहोरीमय बनेको थियो । कार्यक्रममा बेलायतस्थित एनआरएनए यूके अध्यक्ष योग फगामी, मगर संघ यूके, तमुधि यूकेलगायत विभिन्न नेपाली स्रघसंस्थाका प्रतिनिधिले भरपूर मनोरञ्जन लिए । नेपालमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन निर्माणमा सहयोग गर्नका लागि आयोजित च्यारिटी कार्यक्रममा दाताको नाम समेत प्रोजेक्टरमा देखाइएको थियो।प्रतिष्ठानकाअध्यक्ष शेरचनले कार्यक्रममा उपस्थित सम्पूर्णलाइ आयोजकको तर्फ बाट धन्यवाद ज्ञापन गरेका थिए ।






