काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशन काठमाडौंमा बिहीबारदेखि सुरु भएको छ ।
खुलामञ्चमा भव्य समारोहबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उदघाटन गरे । कार्यक्रममा प्रधानमन्त्रीसहित संविधानसभाका विभिन्न दलका शीर्ष नेताहरुको उपस्थिति थियो । विदेशबाटसमेत दलका प्रतिनिधि सहभागी भएको महाधिवेशनको उदघाटन सत्रमा मधेसी मोर्चा भने सहभागी भएन ।
कार्यक्रममा कांग्रेस नेताहरुले संविधान ल्याउन नेतृत्व गरेको कांग्रेसले तयसको कार्यान्वयनको पनि नेतृत्व गर्ने बताएका छन् । उनीहरुले प्रजातान्त्रिक समाजवादको दर्शनमा आधारित रहेर संविधानको कार्यान्वयन गरिने उल्लेख गरे ।








